रोनानाल्हिन्डोको आगमनपछि ला–लिगा फेरियो । यी ब्राजिलियनले चाडै सबैको ध्यान खिचे, अनि स्पेनिस फुटबलकै मुख्य आर्कषण बने ।

उनले नै बार्सिलोनालाई आफ्नो स्वर्णिम युगतर्फ डोहो-याए । तर सबैलाई  उनको जादु मन परेको थिएन ।

यसै भन्छन्,फर्नान्डो कासिरेस । यी पूर्वअर्जेन्टिनी स्टारमाथि सन् २००९ मा आक्रमण भएको थियो र त्यतिबेला टाउकोमा लागेको चोटबाट पूर्ण निको हुन अझै बाँकी छ । फर्नान्डोले भर्खरै रोनाल्डिन्होबारे नयाँ खुलासा गरेका छन् ।
रोनाल्डिनोलाई घाइते बनाउनका लागि उनलाई पैसाको प्रस्ताव भएको थियो ।

यो थियो, २००४ मा सेल्टा भिगो र बार्सिलोनाविरुद्धको भिडन्तको कथा । यतिबेला फर्नान्डो सेल्टा भिगोमा थिए ।

‘हामी बार्सिलोनाविरुद्ध खेल्दै थियौं । जब रोनाल्डिन्हो पहिलोपटक बल लिनका लागि आए, मैले उनलाई पछाडिबाट लात्ताले हानें । मैले नै उनलाई उठाउनका लागि सहयोग गरे र भनें कि उनलाई मैदानबाट बाहिरिने गरी घाइते बनाउनका लागि मलाई ५ लाख पेसेतास (३ हजार ५) युरोको प्रस्ताव आएको छ,’ फर्नान्डोले भने ।

तर उनी आत्तिएनन्, बरु मलाई च्यालेन्ज गरे । उनले भने,‘यदी तिमी मलाई पक्रन सक्छौं भने ।’

‘तर मैले यसपछि उनलाई मार्क गरिँन । उनी रिसाइरहेका थिए र म डराएकाे थिएँ ,’ उनले भने ।

तर, रोनाल्डिन्होलाई मार्क गर्न जरुरी पनि थिएन, यो खेलमा इडुले गोल गरेपछि घरेलु टोली विजयी भयो र तीन अंक हासिल गरेकाे थियो  ।

nepaltrends Administrator
Sorry! The Author has not filled his profile.
×
nepaltrends Administrator
Sorry! The Author has not filled his profile.

Comment here